सांग्रिलालाई अर्किड कप
मंगलबार, फागुन ९, २०७९खेलपाटी संवाददाता
1676964264.jpg&w=3840&q=75)
काठमाडौं । सांग्रिलाले सातौं अर्किड कप जुनियर ब्वाइज फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
काँडाघारीस्तिथत आयोजक अर्किडको मैदानमा भएको फाइनलमा सांग्रिलाले कौतिल्यलाई १–० गोलले पराजित गर्यो । मनकामना तेश्रो भयो ।
शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार हात पारे । चौथो भएको माउन्ट सेबले ५ हजार नगद पुरस्कार पायो ।
विजेतालाई कागेश्वरी मनोहरा नगरपालिका मेयर उपेन्द्र कार्की, अर्किडका सञ्चालक प्रेमकुमार भुजेल, प्रिन्सिपल चोलेन्द्रबहादुर कार्कीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
सांग्रिलालाई अर्किड कप









%20(1)-1763645320295.jpeg&w=3840&q=75)



