उज्वेकिस्तानका मिडफिल्डर जावलाखेलमा
मंगलबार, फागुन ९, २०७९खेलपाटी संवाददाता

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग क्लब जावलाखेलले उज्वेकिस्तानका मिडफिल्डर अब्दुलाजिज निशोनबोइभलाई अनुबन्ध गरेको छ ।
जावलाखेलले मंगलबार सामाजिक संजालबाट अब्दुलाजिजलाई अनुबन्ध गरिएको जनाएको छ ।
जावलाखेलले नयाँ सिजनको 'ए' डिभिजन लिगका लागि अब्दुलाजिजलाई अनुबन्ध गरेको हो ।
नयाँ सिजनको 'ए' डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ ।
लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ ।
उज्वेकिस्तानका मिडफिल्डर जावलाखेलमा









%20(1)-1763645320295.jpeg&w=3840&q=75)



