लिभरपुलका मालिक भन्छन्, 'क्लब बिक्रीमा छैन'
मंगलबार, फागुन ९, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब लिभरपुलका मालिक जोन हेनरीले क्लब बिक्रीमा नरहेको बताएका छन् ।
मालिक हेनरीले क्लब बिक्री नगर्ने तर केही लगानीको अपेक्षा गरेको बताएका छन् ।
हेनरीको फेनवे स्पोर्ट्स ग्रुपले सन् २०१० मा लिभरपुल किनेको थियो ।
'के हामी लिभरपुल बेच्दै छौँ ? होइन,' हेनरीले बोस्टन खेलकुद जर्नललाई भने ।
हेनरीले क्लबका लागि लगानीकर्ताहरु कुरा भईरहेको समेत बताए ।
'हो, त्यहाँ केहि हुनेछ । मलाई विश्वास छ तर यो बिक्री हुनेछैन,' उनले थपे ।
फेनवे ग्रुपले पूर्व मालिक टम हिक्स र जर्ज गिलेटको विवादास्पद कार्यकालपछि ३०० मिलियन पाउण्डमा लिभरपुल खरिद गरेको थियो ।
अमेरिकी बास्केटबल स्टार लेब्रोन जेम्स २०११ बाट लिभरपुलको लगानीकर्ता हुन् । क्लबमा उनको हिस्सेदारी २ प्रतिशत रहेको छ।
लिभरपुलका मालिक भन्छन्'क्लब बिक्रीमा छैन'









%20(1)-1763645320295.jpeg&w=3840&q=75)



