एभिनियरलाई हराउँदै शेर्पा फाइनलमा
सोमबार, फागुन ८, २०७९खेलपाटी संवाददाता

काठमाडौं । हेटौंडामा जारी सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा हिमालयन शेर्पा क्लब फाइनल प्रवेश गरेको छ ।
सोमबार भएको दोस्रो सेमिफाइनलमा क्यामरुनी क्लब एभिनियर एफसीलाई पराजित गर्दै शेर्पा फाइनलमा प्रवेश गरेको छ ।
ए डिभिजन क्लब शेर्पाले एभिनिएरलाई १–० गोलअन्तरले पराजित गरेको हो ।
शेर्पाको लागि ५२ औं मिनेटमा सुनिल श्रेष्ठले विजयी गोल गरेका थिए । शेर्पाले फाइनलमा मनाङ मर्स्याङ्दीसँग उपाधिको लागि भिड्ने छ । आईतबार विभागीय टिम एपीएफलाई टाइब्रेकरमा पराजित गर्दै मनाङ प्रतियोगिताको फाइनल प्रवेश गरिसकेको छ ।
प्रतियोगिताको विजेताले उपाधि सहित १५ लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ ।
#शेर्पा #फाइनलमा









%20(1)-1763645320295.jpeg&w=3840&q=75)



