तीन क्यामरुनी खेलाडी एनआरटीमा
सोमबार, फागुन ८, २०७९खेलपाटी संवाददाता

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग क्लब न्युरोड टिम क्यामरुनका तीन खेलाडीलाई अनुबन्ध गरेको छ ।
एनआरटीले क्यामरुनका फरवार्ड निकोलस सेर्जी सङ, मिफिल्डर स्टेफेन जुनियर एनगुमबोउस र डिफेन्डर जिन एनिसेन्ट एमबौमीलाई अनुबन्ध गरेको हो ।
एनआरटीले सोमबार सामाजिक संजालबाट विदेशी कोटामा तीन क्यामरुनी खेलाडीलाई अनुबन्ध गरिएको जनाएको छ।
एनआरटीले नयाँ सिजनको 'ए' डिभिजन लिगका लागि उनीहरुलाई अनुबन्ध गरेको हो ।
नयाँ सिजनको लिगका लागि एनआरटीले भारतीय फरवार्डद्वय सैभिस सिंह र लालनुन्जामा कोल्नेलाई समेत अनुबन्ध गरिसकेको छ ।
नयाँ सिजनको 'ए' डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ ।
लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ ।
तीन क्यामरुनी खेलाडी एनआरटीमा









%20(1)-1763645320295.jpeg&w=3840&q=75)



