पुलिसलाई हराउँदै चर्च व्वाईज क्वाटरफाइनलमा

इलाम । विभागिय टोली नेपाल पुलिस क्लबलाई हराउँदै चर्च व्वाईज युनाईटेड भद्रपुर झापा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
ए डिभिजन लिगको नवप्रवेशी टोली चर्च ब्वाइजले पुलिसमाथि ३–० गोल अन्तरको जित निकालेको हो । चर्च ब्वाइजलाई क्वाटरफाइनल प्रवेश गराउन आशिष चौधरीले २ गोल र गगनदिप सिंहले १ गोल गरे ।
खेलको ४० औं मिनेटमा गगनदिपले चर्च ब्वाइजलाई सुरुआती अग्रता दिलाए । पहिलो हाफमा १–० ले अग्रता कायम गरेको चर्च ब्वाइजले दोश्रो हाफमा थप २ गोल गर्न सफल रहयो । ५६ औं मिनेटमा आशिषले टिमका लागि दोश्रो गोल गरे । त्यसको ४ मिनेट नवित्दै आशिषले व्यक्तिगत दोश्रो गोल गरेपछि चर्च व्वाइज ३–० गोल अन्तरको जित निकाल्दै क्वाटरफाइनल पुगेको हो ।
२ गोल गरेका आशिष म्यान अफ दि म्याच घोषित भए ।
मंगलबार प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा घरेलु टोली भद्रपुर ब्लेजर्स र संकटा एफसी बिच प्रतिस्पर्धा हुनेछ ।
भद्रपुर पहिलो प्रि–क्वाटरफाइनल खेलमा पाहुना टोली जयगाउँ एफसी माथि जित निकाल्दै क्वाटरफाइनल पुगेको हो ।









%20(1)-1763645320295.jpeg&w=3840&q=75)



