एनआरटीमा दुई भारतीय फरवार्ड
सोमबार, फागुन ८, २०७९खेलपाटी संवाददाता

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग क्लब न्युरोड टिम एनआरटीले भारतीय फरवार्डद्वय सैभिस सिंह र लालनुन्जामा कोल्नेलाई अनुबन्ध गरेको छ ।
एनआरटीले सोमबार सामाजिक संजालबाट दुई भारतीय फरवार्डलाई अनुबन्ध गरिएको जनाएको छ ।
एनआरटीले १९ वर्षीय फरवार्ड सिंहले दिल्ली युनाईटेड एफसीबाट अनुबन्ध गरेको हो । यस्तै लालनुन्जामालाई एफसी गोवाबाट अनुबन्ध गरेको हो ।
एनआरटीले नयाँ सिजनको 'ए' डिभिजन लिगका लागि दुई फरवार्डलाई साउथ एसियन कोटामा अनुबन्ध गरेको हो ।
नयाँ सिजनको 'ए' डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ ।
लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ ।
एनआरटीमा दुई भारतीय फरवार्ड









%20(1)-1763645320295.jpeg&w=3840&q=75)



