फरवार्ड तपनले फ्रेन्ड्सबाटै खेल्ने

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग क्लब फ्रेन्ड्सका फरवार्ड तपन कार्कीले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।
फ्रेन्ड्सले शनिबार सामाजिक संजालबाट तपनले क्लबसँग नयाँ सम्झौता गरेको जनाएको छ ।
फ्रेन्ड्सले नयाँ सिजनको 'ए' डिभिजन लिगका लागि तपनलाई क्लबमै राखेको हो ।
तपनले अघिल्लो सिजन फ्रेन्ड्सबाट नै खेलेका थिए ।
नयाँ सिजनको 'ए' डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ । लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ ।
फ्रेन्ड्सले नवप्रवेशी एफसी खुमलटारसँग खेल्दै नयाँ सिजनको सुरुआत गर्नेछ ।
यस अघि फ्रेन्ड्सले डिफेन्डर अमित तामाङ, मिडफिल्डर डोना थापा, गोलकिपर विशाल सुनार,फरवार्ड राजेश परियार र मिडफिल्डर रुपेश केसीलाई अनुबन्ध गरेको थियो ।
यस्तै मिडफिल्डर श्याम बाबु केप्छ्याकी, डिफेन्डर प्रेम भण्डारी, मिडफिल्डर आरोन थापा, डिफेन्डर असिम भुसालको सम्झौता नवीकरण गरिसकेको छ ।












-1763569877271.jpg&w=3840&q=75)
