प्रिमियर लिगमा आज ७ खेल हुँदै
शनिबार, माघ २८, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आज शनिबार सात खेलहरु हुँदैछन ।
प्रिमियर लिगमा शनिबार आर्सनल, चेल्सी, टोटेनहम लगायतका टोलीको खेलहरु हुँदैछन् ।
पहिलो खेलमा चेल्सी र वेस्ट ह्यामबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार साँझ ६:१५ बजे सुरु हुनेछ ।
यस्तै राति ८:४५ बजे विभिन्न ५ खेलहरु हुँदैछ । जसमा शीर्ष स्थानको आर्सनलले ब्रेन्टफोर्डसँग खेल्ने छ ।
यस्तै क्रिस्टल प्यालेसले ब्राइटन, फुलहमले नटिङघम फरेस्ट, उल्सले साउथह्याम्पटनसँग खेल्नेछ ।
अर्को खेलमा लेस्टर सिटीले टोटेनहमसँग खेल्नेछ ।
त्यस्तै न्युकासल र बर्नेमाउथबीचको खेल राति ११:१५ बजे सुरु हुनेछ ।
प्रिमियर लिगमा आज ७ खेल हुँदै












-1763569877271.jpg&w=3840&q=75)
