डिफेन्डर सिल्भाले थपे सम्झौता
शनिबार, माघ २८, २०७९खेलपाटी संवाददाता

काठमाडौं । चेल्सीका डिफेन्डर थियागो सिल्भाले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।
लण्डन क्लबले डिफेन्डर सिल्भाले एक वर्षका लागि सम्झौता सम्झौता नवीकरण गरेको जनाएको छ ।
अब ३८ वर्षीय डिफेन्डर २०२४ सम्म स्टामफोर्ड ब्रिजमै रहने छन् ।
सिल्भा सन् २०२० मा पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट चेल्सी आएका हुन् ।
'इमान्दारसँग भन्नुपर्दा चेल्सीमा रहदा निकै खुशी छु । चेल्सीमा विशेष अनुभव गर्छु,' ब्राजिलियनले भनेका छन् ।
यस सिजन उनले चेल्सीका लागि २४ खेल खेलिसकेका छन् ।
ब्राजिलका लागि उनले ११३ खेलमा ७ गोल गरेका छन् ।
डिफेन्डर सिल्भाले थपे सम्झौता












-1763569877271.jpg&w=3840&q=75)
