मिलानको साँघुरो जित
शनिबार, माघ २८, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले साँघुरो जित निकालेको छ ।
शुक्रबार राति भएको खेलमा मिलानले टोरिनोलाई १-० गोल अन्तरले हराएको हो ।
मिलानको जितमा ओलिभर जेरुडले निर्णायक गोल गरे ।
घरेलु मैदानमा मिलानलाई जित दिलाउन जेरुडले ६२ औं मिनेटमा निर्णायक गोल गरे ।
यस जितसँगै मिलानले २२ खेलमा ४१ अंक जोडेको छ ।
मिलान तेस्रो स्थानमा उक्लिएको छ ।
टोरिनो ३० अंक जोडेर सातौं स्थानमा रहेको छ ।
मिलानको साँघुरो जित












-1763569877271.jpg&w=3840&q=75)
