पारस महिला टिमको सहायक प्रशिक्षक नियुक्त
शुक्रबार, माघ २७, २०७९खेलपाटी संवाददाता

काठमाडौं । पारस चौधरी नेपाली राष्ट्रिय महिला फुटबल टिमको सहायक प्रशिक्षक नियुक्त भएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार पारसलाई महिला टिमको सहायक प्रशिक्षक नियुक्त गरिएको जनाएको छ।
आगामी भारतविरुद्धको मैत्रीपूर्ण खेलका लागि एन्फाले चौधरीलाई महिला टिमको सहायक प्रशिक्षकको जिम्मेवारी दिएको हो ।
नेपाली टोलीको मुख्य प्रशिक्षकमा अनन्त राज थापा छन् ।
एन्फाका महसचिव किरण राईले चौधरीलाई नियुक्तिपत्र प्रदान गरे ।
नेपाली महिला टोलीले भारतसँग उसैको मैदानमा खेल्नेछ । मैत्रीपूर्ण खेल फेब्रुअरी १३ देखि २५ को बिचमा हुनेछ ।
पारस महिला टिमको सहायक प्रशिक्षक नियुक्त












-1763569877271.jpg&w=3840&q=75)
