'प्राविधिक त्रुटीका कारण उपविजेता बन्यौं'

काठमाडौं । प्राविधिक कारणले गर्दा नेपालले महिला साफ यू-२० फुटबल प्रतियोगितामा विजेतामा सिमित हुनुपरेको नेपाली टोलीका मुख्य प्रशिक्षक यम गुरुङले बताएका छन् ।
उपविजेता बनेर फर्किएको नेपाली टोलीका मुख्य प्रशिक्षक गुरुङले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा शुक्रबार पत्रकारहरुसँग कुराकानीका क्रममा फ्लड लाईटमा खेल्नु परेकोले हार्न पुगेको बताए ।
'हामीलाई स्ट्रेचिङ बलबाट अभ्यास गरेका थियौं । तर हामीलाई त्यहाँ पेस बल खेलायो । ट्रफ पनि यहाँको जस्तो थिएन,' गुरुङले भने 'यताको भन्दा ट्रफ र बलमा फरक रहेको पाईयो । टिमको टेक्निकल कुरा हेर्दा चै हाम्रो टिम बलियो थियो । हामीले फ्लड लाईटमा अभ्यास नै गरेका थिएनौ । हामीले फ्लड लाईटमा खेल्नु परेर नतिजा फरक आयो ।'
बिहीबारभएको फाइनल खेलमा आयोजक बंगलादेशसँग ३-० ले पराजित भएको नेपाली टोली शुक्रबार स्वदेश फर्किएको हो । नयाँ खेलाडीहरुहरुले अनुभव पाएको गुरुङले बताए ।
'ओभर अल यो प्रतियोगितामा हामीले धेरै नयाँ खेलाडीलाई अवसर दिएका थियौं । उनीहरुले अनुभव पाए । फाईनल खेलमा चै नेपाली दर्शकलाई निराश बनाउन पुग्यौ । हाम्रो गम्भिर त्रुटी भनेको फ्लर्ड लाईटमा अभ्यास नै गरेनौ । उता फ्लर्ड लाईटमा खेल्नु पर्यो ।' उनले भने 'फ्लड लाईटमा खेलेको पहिलो खेल ३-१ ले हार्न पुग्यौ भने फाईनलमा ३-० को हार व्यहोर्न पुग्यौं ।'
पहिलो हाफमा उनीहरुलाई गोल हान्न नदिने रणनीतिमा आफु रहेको गुरुङले बताए । तर, उनीहरुले पहिलो गोल गरेपछि आफ्नो रणनीतिले काम नगरेको बताए ।
बंगलादेश जानु अघि एपीएफ र पुलिससँग मैत्रीपूर्ण खेल खेल्दा टोलीको प्रदर्शन राम्रो नै रहेको उनले बताए ।












-1763569877271.jpg&w=3840&q=75)
