मिडफिल्डर कोबीद्वारा सम्झौता नवीकरण
शुक्रबार, माघ २७, २०७९खेलपाटी संवाददाता

काठमाडौं । म्यानचेस्टर युनाइटेडका युवा मिडफिल्डर कोबी माइनुले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।
युनाईटेडले १७ वर्षीय मिडफिल्डरसँग लामो समयको सम्झौता भएको जनाएको छ । तर, म्याद सकिने मिति भने खुलाएको छैन।
वन्डरकिड कोबीले युनाईटेडको सिनियर टोलीमा स्थान बनाएपछि सम्झौता थप गरेका हुन् ।
उनले गत महिना काराबाओ कप अन्तर्गत चर्ल्टोन एथ्लेटिकविरुद्धको खेलबाट सिनियर टोलीमा डेब्यु गरेका थिए ।
उनले एफए कपमा रिडिङविरुद्ध समेत खेलिसकेका छन् ।
उनी ९ वर्षको उमेरमा युनाईटेडको एकेडेमीमा भर्ना भएका थिए ।
उनले यू-१८ र यू-२१ हुँदै सिनियर टोलीमा स्थान बनाएका हुन् ।
उनले इंग्ल्यान्डको यू-१८ टोलीबाट खेलिसकेका छन् ।
मिडफिल्डर कोबीद्वारा सम्झौता नवीकरण












-1763569877271.jpg&w=3840&q=75)
