नेपाली मुलकी अस्मिता इंग्ल्यान्डको यू-२३ टोलीमा
बिहिबार, माघ २६, २०७९खेलपाटी संवाददाता

काठमाडौं । नेपाली मुलकी अस्मिता आले मगर इंग्ल्यान्डको यू-२३ महिला फुटबल टिममा परेकी छिन् ।
बेल्जियमविरुद्ध हुने खेलका लागि डिफेन्डर अस्मिता इंग्ल्यान्डको यू-२३ टोलीमा अटाएकी हुन् ।
इंग्ल्यान्डले फेब्रुअरी २० मा बेल्जियमविरुद्ध घरेलु मैदानमा खेल्दैछ ।
अस्मिताले यस अघि इंग्ल्यान्डको यू-१९ टोलीबाट खेलिसकेकी छिन् ।
२० वर्षिया अस्मिता प्रिमियर लिग क्लब टोटेनहमबाट व्यावसायिक फुटबल खेल्ने गर्छिन ।
डिफेन्डर अस्मितालाई टोटेनहमले एस्टन भिल्लाबाट अनुबन्ध गरेको थियो ।
इंग्ल्याण्डमा बसोबास गर्दै आइरहेकी अस्मिताका बुवा अमृत आले मगर पूर्व गोरखा सैनिक हुन् ।
तनहु दमौलीका अमृत स्क्वासको राष्ट्रिय खेलाडी हुन् । आठौं दक्षिण एसियाली खेलकुद (साग) टिमको बन्द प्रशिक्षण अमृत पनि रहेका थिए ।
नेपाली मुलकी अस्मिता इंग्ल्यान्डको यू-२३ टोलीमा












-1763569877271.jpg&w=3840&q=75)

