स्ट्राइकर सुरेशद्वारा सम्झौता नवीकरण
बिहिबार, माघ २६, २०७९खेलपाटी संवाददाता

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग क्लब हिमालयन शेर्पा क्लबका स्ट्राइकर सुरेश कुमालले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।
हिमालयनले बिहीबार सामाजिक संजालबाट स्ट्राइकर कुमालले सम्झौता नवीकरण गरेको जनाएको छ ।
नयाँ सिजनको सहिद स्मारक 'ए' डिभिजन लिगका लागि हिमालयनले कुमालको सम्झौता थप गरेको हो ।
नयाँ सिजनको 'ए' डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ । लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ ।
हिमालयनले नयाँ सिजनका लागि मिडफिल्डर सुशील राई मिडफिल्डर निशान लिम्बु, डिफेन्डर संजय राजबाहक, सोनित दाहाल, खामिर गिल्सान र यदु सिलवाललाई अनुबन्ध गरेको थियो।
यस्तै हिमालयनले दिवस उराउसँगको सम्झौता नविकरण गरिएको जनाएको छ ।

सुरेश कुमाल












-1763569877271.jpg&w=3840&q=75)

