केपी ओली कप खेल्ने आठ टोलीको टुंगो लाग्यो
काठमाडौं । केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपमा सहभागिता जनाउने आठ टोलीको टुंगो लागेको छ ।
राष्ट्रिय युवा संघ नेपालको आयोजनामा हुने प्रतियोगिता फागुन ११ गतेबाट १७ गतेसम्म काठमाडौंमा संचालन हुनेछ ।
प्रतियोगितामा 'ए' डिभिजन क्लबका ७ र एक आयोजक टोली गरि ८ टिमले प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगितामा 'ए' डिभिजनका मछिन्द्र फुटबल क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, न्युरोड टिम एनआरटी, चर्च ब्वाइज युनाईटेड क्लब, सातदोबाटो युथ क्लब र जवालाखेल युथ क्लबले प्रतिस्पर्धा गर्ने छन् । एक आयोजक टोली केपी ओली फुटबल क्लव रहेको छ ।
प्रतियोगिताको उद्घाटन खेल च्यासल मैदानमा हुनेछ । यस्तै फाइनल खेल दशरथ रंगशालामा आयोजना हुनेछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा समेत लिग चरणका खेलहरु हुनेछ ।
प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताका सर्बोत्कृष्ट खेलाडीले १ लाख नगद पाउने छन् । त्यसैगरी उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उदयमान खेलाडीले ५० हजार पाउने छन् ।
प्रत्येक खेलको विजेता टोलीलाई २५ हजार नगद पुरस्कार दिइनेछ भने प्रत्येक खेलका म्यान अफ दि म्याचले १५ हजार पाउने छन्।













-1763569877271.jpg&w=3840&q=75)

