मिडफिल्डर सुशील हिमालयन शेर्पामा
बुधबार, माघ २५, २०७९खेलपाटी संवाददाता

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग क्लब हिमालयन शेर्पाले मिडफिल्डर सुशील राईलाई अनुबन्ध गरेको छ।
हिमालयनले सामाजिक संजालबाट मिडफिल्डर सुशीललाई अनुबन्ध गरिएको जनाएको छ ।
नयाँ सिजनको सहिद स्मारक 'ए' डिभिजन लिगका लागि हिमालयनले सुशीललाई अनुबन्ध गरेको हो ।
सुशीलले अघिल्लो सिजनको लिग सातदोबाटो युथ क्लबबाट खेलेका थिए ।
नयाँ सिजनको 'ए' डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ । लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ ।
यस अघि हिमालयनले मिडफिल्डर निशान लिम्बु, डिफेन्डर संजय राजबाहक, सोनित दाहाल, खामिर गिल्सान र यदु सिलवाललाई अनुबन्ध गरेको थियो।
यस्तै हिमालयनले दिवस उराउसँगको सम्झौता नविकरण गरिएको जनाएको छ ।

मिडफिल्डर सुशील हिमालयन शेर्पामा












-1763569877271.jpg&w=3840&q=75)

