डर्टमण्ड क्वाटरफाइनलमा
बिहिबार, माघ २६, २०७९खेलपाटी संवाददाता

काठमाडौं । बोरुसिया डर्टमण्ड जर्मन कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति भएको खेलमा बोचुमलाई २-१ गोल अन्तरले हराउँदै डर्टमण्ड अन्तिम आठमा पुगेको हो ।
डर्टमण्डको जितमा इम्री क्यान र मार्को रिउसले एक एक गोल गरे ।
बोचुमका केभिन स्टोगरले एक गोल फर्काए ।
पहिलो हाफको इन्जुरी समयमा इम्रीले गोल गर्दै डर्टमण्डलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ६४ औं मिनेटमा केभिनले पेनाल्टीमार्फत गोल गर्दै बोचुमलाई १-१ गोलको बराबरीमा फर्काए ।
त्यसपछि खेलको ७० औं मिनेटमा रिउसले गोल गर्दै डर्टमण्डलाई २-१ को जित दिलाए ।
डर्टमण्ड क्वाटरफाइनलमा












-1763569877271.jpg&w=3840&q=75)

