पीएसजी फ्रेन्च कपबाट बाहिरियो
बिहिबार, माघ २६, २०७९खेलपाटी संवाददाता

काठमाडौं । १४ पटकको विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कप फुटबलको अन्तिम १६ बाट बाहिरिएको छ ।
बुधबार राति भएको खेलमा मार्सेसँग २-१ ले पराजित भएपछि पीएसजी बाहिरिएको हो ।
मार्सेलाई जित दिलाउन एलेक्सिस सान्चेज र रुस्लान मालिनोभास्कीले एक एक गोल गरे ।
पीएसजीका सर्जियो रामोसले एक गोल फर्काए ।
खेलको ३१ औं मिनेटमा एलेक्सिस सान्चेजले पेनाल्टीमार्फत गोल गर्दै मार्सेलाई सुरुआती अग्रता दिलाएका थिए ।
पहिलो हाफको इन्जुरी समयमा सर्जियो रामोसले गोल गर्दै पीएसजीलाई १-१ को बराबरीमा ल्याए ।
त्यसपछि खेलको ५७ औं मिनेटमा रुस्लान मालिनोभास्कीले गोल गर्दै मार्सेलाई २-१ को जित दिलाए ।
पीएसजी फ्रेन्च कपबाट बाहिरियो












-1763569877271.jpg&w=3840&q=75)

