लिड्ससँग युनाईटेडको बराबरी
बिहिबार, माघ २६, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले लिड्स युनाईटेडसँग बराबरी खेलेको छ ।
बुधबार राति भएको खेलमा युनाईटेडले लिड्ससँग २-२ गोलको बराबरी खेलेको हो ।
युनाईटेडले दुई गोलको अग्रता उल्टाएर लिड्ससँग बराबरी खेलेको हो ।
खेलको पहिलो मिनेटमै विल्फ्रिड ग्नोनोटोले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ४८ औं मिनेटमा राफायल भरानले आत्मघाती गोल गरेपछि लिड्स २-० ले अघि रह्यो ।
तर, खेलको ६२ औं मिनेटमा मार्कुस राषफोर्डले गोल गर्दै युनाईटेडलाई २-१ को स्थितिमा ल्याए ।
त्यसपछि खेलको ७० औं मिनेटमा जाडोन सान्चोले गोल गरेपछि युनाईटेड हारबाट जोगिएको हो ।
यस बराबरीसँगै युनाईटेडले २२ खेलमा ४३ अंक जोडेको छ । युनाईटेड तेस्रो स्थानमा रहेको छ ।
लिड्स १९ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।
लिड्ससँग युनाईटेडको बराबरी












-1763569877271.jpg&w=3840&q=75)

