च्याम्पियन चर्च ब्वाइजको सुखद अन्त्य

काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग फुटबल अन्तर्गत आफ्नो अन्तिम खेलमा च्याम्पियन चर्च ब्वाइज युनाईटेडले जित निकालेको छ ।
एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा चर्च ब्वाइजले सरस्वती युथ क्लबलाई २-१ गोल अन्तरले हराएको हो।
खेलको २४ औं मिनेटमा विकास राईले गोल गर्दै चर्च ब्वाइजलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, ४६ औं मिनेटमा सनम धिमालले गोल गर्दै सरस्वतीलाई १-१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको ६६ औं मिनेटमा आशिष चौधरीले गोल गर्दै चर्चलाई २-१ को जित दिलाए ।
यस जितसँगै च्याम्पियन चर्च ब्वाइजले सिजनको सुखद अन्त्य गरेको छ । चर्च ब्वाइजले एक खेल अगाबै लिगको उपाधि जितेको थियो । र, 'ए' डिभिजन लिगमा उक्लिएको थियो ।
चर्च ब्वाइजले लिगको १३ खेलमा २९ अंक जोड्यो ।
उसले ९ खेल जित निकाल्दा दुई खेलमा बराबरी र दुई खेलमा हार व्यहोर्यो ।
सरस्वतीले १३ खेलमा १७ अंक जोड्यो ।














