श्री भगवतीको सुखद अन्त्य
शुक्रबार, चैत २५, २०७८खेलपाटी संवाददाता

काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग फुटबल अन्तर्गत आफ्नो अन्तिम खेलमा श्री भगवती क्लबले जित निकालेको छ ।
एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा श्री भगवतीले विरगंज युनाईटेडलाई २-० गोल अन्तरले हराएको हो।
खेलको ४८ औं मिनेटमा अनुज भण्डारीले गोल गर्दै श्री भगवतीलाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ८२ औं मिनेटमा अनुजले व्यक्तिगत दोस्रो गोल गर्दै श्री भगवतीलाई २-० को जित दिलाए ।
यस जितसँगै श्री भगवतीले लिगमा सुखद अन्त्य गरेको छ ।
जितसँगै श्री भगवतीले १३ खेलमा १८ अंक जोडेको छ ।
विरगंजले १३ खेलमा १६ अंक जोड्यो ।
श्री भगवतीको सुखद अन्त्य














