काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग फुटबल अन्तर्गत आफ्नो अन्तिम खेलमा बाँसबारीले जित निकालेको छ ।
एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा बाँसबारीले झम्सिखेल युथ क्लबलाई २-१ गोल अन्तरले हराएको हो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५४ औं मिनेटमा भिष्मराज घिमिरेले गोल गर्दै बाँसबारीलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ६१ औं मिनेटमा बिकी राईले गोल गर्दै बाँसबारीको अग्रता दोब्बर बनाए ।
त्यसपछि खेलको ७९ औं मिनेटमा सुभराज गोलेले गोल फर्काएपनि बाँसबारी २-१ ले विजयी भयो ।
जितसँगै बाँसबारीले १३ खेलमा १९ अंक जोडेको छ ।
झम्सिखेलले १३ खेलमा ९ अंक जोडेको छ ।
पुछारमा रहेको झम्सिखेल रेलिगेसनमा परिसकेको छ ।