काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग फुटबल अन्तर्गत अन्तिम चरणको दुई खेल दशरथ रंगशालामा हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले निकालेको नयाँ तालिका अनुसार १३ औं चरणका दुई खेल रंगशालामा हुने भएको हो ।
लिग अन्तर्गत श्री कुमारी र ब्वाइज युनियनबीचको खेल रंगशालामा हुनेछ । जुन खेल भोलि हुनेछ ।
यस्तै रानीपोखरी कर्नर टिम (आरसिटी) र टुसाल क्लबबीचको खेल रंगशालामा हुनेछ । उक्त खेल शनिबार हुनेछ ।
आरसिटी शीर्ष लिग उक्लने होडमा रहेको छ । अन्तिम खेलमा जित निकालेमा आरसिटी ए डिभिजनमा उक्लनेछ ।
लिगबाट चर्च ब्वाइज युनाईटेड शीर्ष डिभिजनमा उक्लिसकेको छ ।
यस्तै झम्सिखेल रेलिगेसनमा परिसकेको छ ।
