सिटीमाथि अनुसन्धान
शुक्रबार, २५ चैत्र २०७८खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलले म्यानचेस्टर सिटीमाथि अनुसन्धान गरिरहेको खुलासा भएको छ ।
जर्मन न्युजपेपर डेर स्पेगेलले सिटीमाथि प्रिमियर लिगले तीन वर्षबाट अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रिमियर लिगमा युथ खेलाडीमाथि अवैध भुक्तानी, प्रायोजन सम्झौता र पूर्व प्रशिक्षकहरुमाथिको लुकाईएको तलब भुक्तानीको विषयमा अनुसन्धान गरिरहेको बताईएको छ ।
युरोपियन इन्भेस्टिगेटिभ कोलाबोरेसन जोर्नालिजम नेटवर्कसँगको सहकार्यमा न्युजपेपरले उक्त समाचार बाहिर ल्याएको बीबीसीले जनाएको छ ।
यस विषयमा बीबीसी स्पोर्ट्सले सम्पर्क गर्दा सिटीले कुनैपनि टिप्पणी नदिएको बताईएको छ ।
सिटीमाथि अनुसन्धान






-1775795080923.webp&w=3840&q=75)
-1775788668970.webp&w=3840&q=75)





