काठमाडौं । युरोपा लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा बार्सिलोना बराबरीमा रोकिएको छ ।
बिहीबार राति भएको खेलमा बार्सिलोनाले जर्मन क्लब फ्रान्कफुर्टसँग १-१ गोलको बराबरी खेलेको हो ।
फ्रान्कफुर्टको मैदानमा फेरान टोरेसले गोल गरेपछि बार्सिलोनाले बराबरी खेलेको हो ।
खेलको ४८ औं मिनेटमा एन्स्गर नौफले गोल गर्दै फ्रान्कफुर्टलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, ६६ औं मिनेटमा टोरेसले गोल गर्दै बार्सिलोनालाई हारबाट जोगाए ।

यस्तै खेलको ७८ औं मिनेटमा टुटाले रातो कार्ड पाएपछि फ्रान्कफुर्ट १० खेलाडीमा समेटिएको थियो ।
अब बार्सिलोना र फ्रान्कफुर्टबीचको दोस्रो लेग अप्रिल १५ मा हुनेछ । खेल बार्सिलोनाको मैदानमा हुनेछ ।