काठमाडौं । न्युजिल्याण्डका पूर्व कप्तान रोस टेलरले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।
न्युजिल्याण्ड क्रिकेटका सर्वाधिक सफल ब्याट्सम्यान टेलरले घरेलु भूमिमा तीन राष्ट्रसँगको सिरिजपछि सन्यास लिने घोषणा गरेका छन् ।
टेलरले घरेलु मैदानमा बंगलादेशसँगको दुई टेस्ट तथा अष्ट्रेलिया र नेदरल्यान्ड्ससँगको तीन/तीन एकदिवसीय सिरिजपछि सन्यास लिने बताएका हुन् ।
टेलरले न्युजिल्याण्डका लागि अन्तिम खेल सन् २०२२ को अप्रिल ४ मा नेदरल्यान्ड्सविरुद्ध खेल्ने छन् ।
टेलरले २००६ मा वेस्ट इन्डिजविरुद्ध खेल्दै अन्तराष्ट्रिय क्रिकेट डेब्यु गरेका थिए ।
टेलर टेस्ट र एकदिवसीयमा न्युजिल्याण्डका लागि सर्वाधिक रन बनाउने खेलाडी हुन्।
३७ वर्षीय टेलरले न्युजिल्याण्डका लागि १ सय १० टेस्ट, २ सय ३३ एकदिवसीय अन्तराष्ट्रिय र १ सय २ टी-ट्वान्टी अन्तराष्ट्रिय खेलेका छन् ।
टेलरले टेस्टमा ७ हजार ५ सय ८४ रन बनाएका छन् । यस्तै एकदिवसीयमा ८ हजर ५ सय ८१ रन जोड्दा टी-ट्वान्टीमा १ हजार ९ सय ९ रन जोडेका छन् ।