बिहिबार, १० पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

ओरालो लाग्दै यू-१९ क्रिकेट

बिहिबार, १५ पौष २०७८खेलपाटी संवाददाता
ओरालो लाग्दै यू-१९ क्रिकेट
Classic Tech Internet Ad

काठमाडौं । यूएईमा जारी यू-१९ एसिया कप प्रतियोगितामा सहभागिता जनाएर नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टोली बुधबार स्वदेश फर्किएको छ ।

प्रतियोगिता नेपालको लागि सहभागितामा सिमित रह्यो । समूह चरणको तीन खेल मध्ये तिनै खेलमा हार ब्यहोरेको नेपाल निराश हुँदै घर फर्किएको छ ।

टेष्ट राष्ट्र बंगलादेश र श्रीलंकासंग पराजित नेपाल कमजोर आँकिएको कुवेतसँग समेत पराजित भयो ।

प्रतियोगितामा टेस्ट राष्ट्रलाई चकित पार्दै सेमिफाइनल पुग्ने लक्ष्य लिएको नेपाल कुवेतसँग पराजित हुँदा आफै चकित हुन पुग्यो ।

No description available.

पहिलो खेलमा यु-१९ विश्वकप विजेता बंगलादेशसँग १ सय ५४ रनको फराकिलो हार व्यहोर्यो । दोस्रो खेलमा श्रीलंकासंग ६० रनले पराजित हुँदा अन्तिम खेलमा कुवेतले १ विकेटले नेपाललाई पाखा लगायो ।

नेपालको बलियो पक्ष सधै बलिङ रहँदै आएको छ तर यस प्रतियोगितामा नेपालले बलरनै पाउन सकेन । नेपालको खराब प्रदर्शनको मुख्य कारण ‘एक्सपोजर’ रह्यो ।

प्रतियोगिताका लागि दुबई जानुअघि खेलाडीले यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता खेले । १२ दिने उक्त प्रतियोगिताबाट खेलाडी छनोट गर्दै नेपाल क्रिकेट संघ (क्यान) ले खेलाडी छनोट गर्यो र करिब दुई साताको क्याम्प राख्यो । दुई विभागीय टोलीविरुद्ध अभ्यास खेल खेल्दै नेपाल प्रतियोगितामा ठुलो लक्ष्य बोकेर यूएई पुगेको थियो ।

यू-१९ एसिया कप इतिहासमा हालसम्म नेपाल सेमिफाइनल भन्दा माथि पुग्न सकेको छैन । सन् २०१७ मा नेपालले राहुल द्रभिडको भारतीय टोलीलाई पराजित गर्दै यू-१९ एसिया कपको सेमिफाइनल तय गरेको थियो।

भारतलाई पराजित गर्नु नेपालको ऐतिहासिक उपलब्धि थियो । किनकि नेपालले कुनै पनि क्रिकेटमा भारतलाई पराजित गर्न सकेको थिएन । त्यसयताको संस्करणमा नेपालले समूह चरण पार गर्न सकेको छैन ।

लामो समय भएको छैन, नेपाली यू-१९ क्रिकेट टिम देख्दा केहि टेस्ट राष्ट्र शतर्क हुने गर्थे । कारण थियो नेपाली युवा टोलीले यू-१९ विश्वकपमा गर्दै आएको प्रदर्शन ।

No description available.

 यू-१९ विश्वकपमा नेपालको गर्विलो इतिहास छ । नेपालले विश्वकपमा जिम्बाबे, बंगलादेश, आयरल्याण्ड, न्युजिल्यान्ड र दक्षिण अफ्रिका जस्ता राष्ट्रलाई पराजित गरिसकेको छ ।

नेपालले हालसम्म यू-१९ विश्वकपमा सात संस्करणमा प्रतिस्पर्धा गरिसकेका छन् । सन् २००० मा नेपालले पहिलो पटक यू-१९ विश्वकप खेलेको थियो । जसमा नेपालले आठौं स्थान प्राप्त गर्दै इतिहास रचेको थियो ।

यस्तै नेपालले खेलेको सन् २०१६ को अन्तिम यू-१९ विश्वकप नेपालले आठौं स्थान हात पारेको थियो । सन् २०१६ पछि नेपालले लगातार तीन विश्वकप गुमाएको छ ।

सन् २०१८ मा न्युजिल्याण्डमा भएको र सन् २०२० मा दक्षिण अफ्रिकामा भएको विश्वकप नेपालले गुमाएको छ भने आउँदो सन् २०२२ को यू-१९ विश्वकपमा समेत छनोट भएको छैन । नेपालले सन् २००० देखि २००८ सम्म लगातार ५ संस्करणमा लगातार यू-१९ विश्वकप खेल्यो ।

सन् २०१६ अघि नेपालले सन् २०१० र सन् २०१४ को यु-१९ विश्वकपमा छनौट हुन असफल भएको थियो । तर सन् २०१६ पछी लगातार तेस्रो पटक विश्वकप छनौट हुन सकेको छैन । नेपालले लगातार विश्वकप गुमाउन थालेको इतिहासमा पहिलो पटक हो ।

सन् २०१८ को विश्वकप छनोटमा युएईले नेपाललाई डीएल मेथडमा १ रनले पराजित गरेको थियो । सोहि हारनै नेपालको विश्वकप छनौटमा बाधा बन्न पुग्यो । सन् २०२० को छनोटमा भने नेपालको खराब प्रदर्शनको कारण विश्वकप पुग्न असफल भयो ।

सन् २०२२ मा हुने विश्वकपको लागि कोरोना महामारीको कारण छनोट प्रतियोगिता नहुँदा यूएईले सिधै मौका पायो र नेपालको विश्वकप पुनरागमन सपना पुन: सपनामा सिमित रह्यो ।

No description available.

इतिहासमा नेपाली युवा टोलीको प्रदर्शन गर्विलो रहेपनि पछिल्लो समय युवा टोलीले आफ्नो लय गुमाउदै आएको छ । लगातार विश्वकप खेल्ने र टेस्ट राष्ट्र पराजित गर्ने नेपाली टोली अहिले विश्वकप छनोट हुन समेत सकेको छैन ।

विश्वकप संस्करणमा टेस्ट  राष्ट्र पराजित गर्दै आएको नेपालले सन् २०१६ देखि विश्वकपबाट बन्चित हुँदै आएको छ भने सन् २०१७ यता कुनै टेस्ट राष्ट्रलाई हराउन गर्न सकेको छैन ।

यू-१९ टोलीका खेलाडीनै राष्ट्रिय टोलीका बलिया सम्भावना हुन् । अधिकांश यू-१९ टिमबाट खेलाडीहरुले नेपाली राष्ट्रिय टोलीमा स्थान बनाउँदै आएका छन् । बलियो यू-१९ टोली नै बलियो राष्ट्रिय टोलीको प्रतिक हो ।

Bajaj Pulsar Motorcycle Ad
ओरालो लाग्दै यू-१९ क्रिकेट

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

 कोशीका क्रिकेटर मिनासको सवारी दुर्घटनामा निधन

कोशीका क्रिकेटर मिनासको सवारी दुर्घटनामा निधन

इन्डोनेसियाका बलरले लिए एकै ओभरमा ५ विकेट

इन्डोनेसियाका बलरले लिए एकै ओभरमा ५ विकेट

मुख्य प्रशिक्षक हर्षल भन्छन्–  महिला क्रिकेट टिम विश्वकपमा छनोट हुने सम्भावना छ

मुख्य प्रशिक्षक हर्षल भन्छन्– महिला क्रिकेट टिम विश्वकपमा छनोट हुने सम्भावना छ

Bajaj Pulsar Motorcycle Ad
दोस्रो महानगरस्तरीय बडीबिल्डिङ च्याम्पियनसिप जेठमा

दोस्रो महानगरस्तरीय बडीबिल्डिङ च्याम्पियनसिप जेठमा

क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोजले दिए राजीनामा

क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोजले दिए राजीनामा

सन्तोष र अनिश एपीएफमा

सन्तोष र अनिश एपीएफमा

एपीएफको मुख्य प्रशिक्षकमा राजेन्द्र

एपीएफको मुख्य प्रशिक्षकमा राजेन्द्र

 शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ देखि

शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ देखि

चिरञ्जीवीको कप्तानीमा हेल्प नेपालले खेल्ने

चिरञ्जीवीको कप्तानीमा हेल्प नेपालले खेल्ने

सलिनाको कप्तानीमा प्रतिभाको कमब्याक

सलिनाको कप्तानीमा प्रतिभाको कमब्याक

 कोशीका क्रिकेटर मिनासको सवारी दुर्घटनामा निधन

कोशीका क्रिकेटर मिनासको सवारी दुर्घटनामा निधन