एजेन्सी । इटालियन सिरी 'ए' क्लब पर्माले मुख्य प्रशिक्षक रोबर्टो डी'भार्सालाई बर्खास्त गरेको छ ।
४५ वर्षीय इटालियन प्रशिक्षक रोबर्टोलाई आइतबार पर्माले बर्खास्त गरेको हो ।
रोबर्टो पर्मालाई तेस्रो डिभिजनबाट शीर्ष डिभिजनमा ल्याउने प्रशिक्षक हुन् ।
सन् २०१६ बाट रोबर्टोले पर्मा हेरेका थिए । जतिबेला पर्मा 'सी' डिभिजनमा रहेको थियो ।
पर्माले नयाँ प्रशिक्षकको रुपमा फाबियो लिभरानी ल्याउने बताईएको छ ।
यस सिजनको लिगमा पर्मा ११ औं स्थानमा रहेको थियो ।