एजेन्सी । इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अहिले दुई उपाधि दाबेदार राष्ट्र न्युजिल्याण्ड र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ ।
बिर्मिङ्घममा पाकिस्तानविरुद्ध न्युजिल्याण्डले टस जितेको छ र पहिले ब्याटिङ रोजेको छ । पाकिस्तान सुरुवातमा फिल्डिङ गर्नेछ ।
आज दुवै टोली मैदान जित निकाल्दै सेमिफाईनल यात्रा तय गर्न चाहन्छ ।
पाकिस्तानविरुद्व जित निकाल्दै न्युजिल्याण्ड दुई खेल अगावै सेमिफाईनल यात्रा तय गर्न चाहन्छ । निकै फर्ममा देखिएको न्युजिल्याण्डले पाकिस्तानविरुद्व सहज जित निकाल्ने कप्तान केन विलियम्सले बताएका छन् ।
तर सेमिफाईनल पुग्ने सम्भावना बलियो बनाउन पाकिस्तानलाई अन्तिम मौका छ । उसलाई अन्तिम ४ को यात्रा तय गर्न बाँकी खेल जित्नैपर्ने दबाब छ ।