• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
नेपालविरुद्व खेलेका विश्वका स्टार ५ खेलाडी
खेलपाटी संवाददाता
आइतबार, जेठ १२, २०७६ खेलपाटी संवाददाता
नेपालविरुद्व खेलेका विश्वका स्टार ५ खेलाडी

काठमाडौँ । एक दिवसीय मान्यता पाएको नेपालको धोको छ, टेस्ट र एक दिवसीय विश्वकप खेल्ने ।

हालसम्म नेपालले एक पटक मात्र विश्वकपको अनुभब लिएको छ । सन् २०१४ मा बंगलादेशमा भएको टी ट्वान्टी विश्वकपमा नेपालले उत्कृष्ट प्रदर्शन गरेको थियो ।

क्रिकेट संघ निलम्बनमा रहेको कारण नेपालले बिभिन्न समस्या झेल्दै आएको छ । आफुसंगै क्रिकेट खेल्न सुरु गरेका राष्ट्रले विश्वकपमात्र नभएर टेस्ट समेत खेलिसकेका छन् । तर नेपालले भने आफ्नो एक दिवसीय मान्यता पनि सदुपयोग गर्नै नसक्ने अवस्थामा पुगेको छ ।

उमेर समुहमा नेपालले यु–१९ विश्वकपमा सात पटक प्रतिस्पर्धा गरिसकेका छन् । सन् २००० मा नेपालले पहिलो पटक यु–१९ विश्वकप खेलेको थियो । जसमा नेपालले आठौं स्थान प्राप्त गर्दै ईतिहास रचेको थियो ।

तर, सात पटक विश्वकप खेलेपनि नेपालले आठौं स्थान भन्दा माथि उक्लिन सकेको छैन । पहिलो सहभागिता र सन् २०१६ मा नेपालले आठौं स्थान हात पारेको थियो ।

नेपालले यु–१९ विश्वकपमा सधै उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । नेपालले विभिन्न टेष्ट राष्ट्रलाई समेत पाखा लगाएको ईतिहास छ । नेपालले विश्वकपमा जिम्बाबे, बंगलादेश, आयरल्याण्ड, न्युजिल्यान्ड र दक्षिण अफ्रिका जस्ता राष्ट्रलाई पराजित गरिसकेको छ ।

नेपालले यु–१९ विश्वकपमा पराजित गरेको राष्ट्रका खेलाडीले विश्वमा ठुलो नाम कमाएका छन् तर त्यस्ता खेलाडीलाई पराजित गरेका नेपाली खेलाडी भने संस्थागत प्रणालीको सिकार बन्दै नाजुक अवस्था ब्यहोर्नुपरेको छ ।

नेपाली खेलाडीले पराजित गरेका विश्वका उत्कृष्ट ५ खेलाडीको सुचि प्रस्तुत गर्दैछौ ।

१. टिम साउथी

न्युजिल्याण्डका मुख्य फास्ट बलर टिम साउथी विश्व क्रिकेटका उत्कृष्ट बलर मध्येका एक हुन् । यु–१९ टिमबाट राष्ट्रिय टोलीमा आउन सफल उनले विश्वकप खेलिसकेका छन् । आसन्न विश्वकपमा समेत उनले न्युजिल्याण्डको टिमबाट सहभागिता जनाउने छन् ।

सन् २००६ को यु–१९ विश्वकपमा नेपालविरुद्वको खेलमा उनले ६ बलमा ६ रन बनाएका थिए । उनी शरद भेसवाकरको बलिङमा महेश क्षेत्रीले स्टम्पिङ गर्दै पोविलियन फर्काएका थिए । नेपालबिरुद्द ४ ओभर बलिङ गरेका साउथीले २५ रन खर्चेका थिए । तर कुनै विकेट हात पार्न सकेका थिएनन् । सो खेलमा नेपालले १ विकेटको रोमान्चक जित हात पारेको थियो ।

२. स्टिभ स्मिथ

अस्ट्रेलिया तथा विश्व क्रिकेटका उत्कृष्ट ब्याट्सम्यान स्टिभ स्मिथले उत्कृष्ट प्रदर्शन गर्दै अस्ट्रेलियालाई सन् २०१५ को विश्वकपको उपाधि दिलाएका थिए । उनी आउने विश्वकपमा पनि अस्ट्रेलियाको ब्याटिङ लाइनअपमा मुख्य भुमिकामा रहनेछन् ।

सन् २००८ को यु–१९ विश्वकपमा समुह चरणको खेलमा नेपालले अस्ट्रेलियासंग प्रतिस्पर्धा गर्दा स्मिथ समेत टिममा रहेका थिए । नेपालबिरुद्द उनले २५ बलमा १७ रन बनाउँदै क्याच आउट भएका थिए । बलिङतर्फ ६ ओभर १ बल गरेका उनले १ मेडेन सहित ३ विकेट हात पारेका थिए ।

३. मोइन अली

इंग्ल्याण्डका अल राउण्डर अलीले सन् २००६ को यु–१९ विशाकपमा नेपालबिरुद्द अर्धशतकीय इनिङस खेलेका थिए । उनले ८२ बलमा ५२ रन बनाउदा शरद भेसवाकरको बलमा आउट हुन पुगेका थिए ।

४. ऋषब पन्त

भारतका युवा विकेटकिपर ब्याट्सम्यान पन्त निकै आक्रमक ब्याटिङ गर्ने गर्छन् । सन् २०१६ को विश्वकपमा नेपालले भारतको सामना गर्दा उनले यु–१९ विश्वकप इतिहासमा छिटो अर्धशतक प्रहार गरेका थिए ।

उनले २४ बलमा ७५ रन बनाउँदा प्रेम तामाङको बलमा आउट भएका थिए । सो विश्वकपपछि उनलाई चर्चित फ्रेन्चाइज लिग आईपीएलमा तत्कालिन दिल्ली डेयरडेभिल्सले महँगो मुल्यमा अनुबन्धन गरेको थियो ।

५. युवराज सिंह

भारतलाई सन् २०११ को विश्वकप दिलाउन मुख्य भुमिका खेलेका खेलाडी हुन्, युवराज सिंह । उनले विश्वकपमा एकै ओभरमा ६ वटै छक्का प्रहार गर्ने विश्व कीर्तिमान समेत बनाएका छन् ।

यस्ता प्रतिभावान् खेलाडीबिरुद्द नेपाली खेलाडीले समेत सन् २००० को यु–१९ विश्वकप खेलेका थिए । नेपालबिरुद्दको खेलमा उनले ९ ओभर बलिङ गर्दै १५ रन खर्चदै ४ विकेट हात पारेका थिए । सो खेलमा नेपाल ८ विकेटले पराजित भएको थियो ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एक साता मात्रै रोकिने भयो आइपिएल
एक साता मात्रै रोकिने भयो आइपिएल
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
नेपालको पहिलो खेल नै रद्द
नेपालको पहिलो खेल नै रद्द
नेपाल र हङकङ भिड्दै
नेपाल र हङकङ भिड्दै
पञ्जाब र दिल्ली बीचको खेल रद्द
पञ्जाब र दिल्ली बीचको खेल रद्द
धोनीले तत्कालै सन्न्यास नलिने
धोनीले तत्कालै सन्न्यास नलिने
umbro nepal
  • ताजा समाचार
  • खेल आज
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फाले पहिलोपल्ट महिला फुटसल च्याम्पियनसिप आयोजना गर्ने
एन्फाले पहिलोपल्ट महिला फुटसल च्याम्पियनसिप आयोजना गर्ने
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP