• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
वार्नरको गुपचुप सन्न्यास
खेलपाटी संवाददाता
मंगलबार, असार ११, २०८१ खेलपाटी संवाददाता
वार्नरको गुपचुप सन्न्यास

काठमाडौं। अस्ट्रेलियाका महान ब्याट्सम्यान डेभिड वार्नरले १५ वर्ष लामो अन्तर्राष्ट्रिय क्रिकेट करियर अन्त्य गरेका छन्।

मंगलबार अफगानिस्तानले बंगलादेशविरुद्धको ट्वान्टी–२० विश्वकपमा जित हात पारेसँगै उनले ‘गुपचुप’ रूपमा सन्न्यासको घोषणा गरेका हुन्। अफगानिस्तानको जितसँगै पूर्वविजेता अस्ट्रेलिया ट्वान्टी–२० विश्वकपको सेमिफाइनलमा पुग्न असफल भएको थियो।

बंगलादेशविरुद्धको जितसँगै सन् २०२१ को च्याम्पियन अस्ट्रेलिया ‘सुपर एट’को समूह ‘एक’ को तेस्रो स्थानमा रह्यो। अफगानिस्तानसँग स्तब्ध हुनुअघि अस्ट्रेलियाले भारतसँग पनि हार बेहोरेको थियो। सन् २००९ को जनवरीमा ट्वान्टी–२० खेलमार्फत अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए। ३७ वर्षीय वार्नरले आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल जुन २४ मा ग्रोस आइलेटमा भारतविरुद्ध खेलेका थिए।

अस्ट्रेलियाका सर्वकालिक महान खेलाडीमध्येका एक वार्नरले न ‘गार्ड अफ अनर’ पाउन सके न त दर्शकले उनलाई उभिएर ताली बजाएर बिदाइ गरे। आफ्नो अन्तिम खेलमा उनले ६ बलमा ६ रन बनाएका थिए। उनी अर्शदीप सिंहको बलमा सूर्यकुमार यादवबाट क्याच आउट भएका थिए। उनी टाउको निहुराएर मैदानबाट बाहिर निस्केका थिए। यद्यपि, यो उनको अन्तिम खेल हो या होइन भन्ने कसैलाई थाहा थिएन।

वार्नरले सन् २०२३ को नोभेम्बरमा भारतमा विश्वकप फाइनल जित्दा आफ्नो अन्तिम एकदिवसीय र यसै वर्षको जनवरीमा पाकिस्तानविरुद्ध अन्तिम टेस्ट खेलेका थिए। उनले यो ट्वान्टी–२० विश्वकप आफ्नो अन्तिम अन्तर्राष्ट्रिय प्रतियोगिता हुने संकेत दिएका थिए।

वार्नरले ११० खेलमा ३३.४३ को औसत र १४२.४७ को स्ट्राइक रेटमा ३,२७७ रन बनाएका छन्। उनले छोटो फर्म्याटमा एक शतक र २८ अर्धशतक बनाएका थिए। उनले सन् २०११ देखि २०२४ सम्म ११२ टेस्टमा २६ शतक र ३७ अर्धशतकसहित ४४.५९ को औसतमा ८,७८६ रन बनाएका थिए भने १६१ एकदिवसीय खेलमा २२ शतक र ३३ अर्धशतकसहित ४५.३० को औसतमा ६,९३२ रन बनाएका थिए।

वार्नरले अन्तर्राष्ट्रिय क्रिकेटमा ४९ शतक र १९ हजार रन बनाएका छन्। उनले सन् २०१८ मा दक्षिण अफ्रिकाविरुद्धको टेस्ट म्याचका क्रममा केपटाउनको न्युल्यान्ड्समा भएको स्यान्डपेपर गेट स्क्यान्डलसँग आफ्नो नाम सधैं जोडिने बताए। न्युल्यान्ड्स टेस्टमा क्यामरुन बेनक्राफ्टले स्यान्डपेपरको प्रयोग गरेर बललाई स्क्रैप गरेका थिए र वार्नरलाई एक वर्षको प्रतिबन्ध लगाइएको थियो।

तत्कालीन कप्तान स्टिभ स्मिथले पनि यस्तै सजाय पाएका थिए। वार्नरलाई अस्ट्रेलियाली क्रिकेट संरचनामा नेतृत्वदायी भूमिका निर्वाह गर्न आजीवन प्रतिबन्ध लगाइएको थियो।

गत साता अस्ट्रेलिया र बंगलादेशबीचको सुपर एटको खेलअघि नर्थ साउन्डसँग कुरा गर्दै उनले भने, ‘अबको २०/३० वर्षसम्म मानिसहरूले मेरो बारेमा कुरा गर्छन्, त्यहाँ स्यान्डपेपर स्क्यान्डलको कुरा सधैं हुनेछ।’

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अनिल र ललितले जनकपुरबाटै खेल्ने
अनिल र ललितले जनकपुरबाटै खेल्ने
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
उपाधि रक्षातिर नेपाल
उपाधि रक्षातिर नेपाल
मलेसियासँग नेपालले टस जित्यो
मलेसियासँग नेपालले टस जित्यो
इङ्ल्यान्डविरुद्ध गिलको शतक
इङ्ल्यान्डविरुद्ध गिलको शतक
सिटी इन्डोर क्रिकेट च्याम्पियनसिप असार अन्तिम साता
सिटी इन्डोर क्रिकेट च्याम्पियनसिप असार अन्तिम साता
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
चेल्सी जाने पक्का भए जेमी
चेल्सी जाने पक्का भए जेमी
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
अनिल र ललितले जनकपुरबाटै खेल्ने
अनिल र ललितले जनकपुरबाटै खेल्ने
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP