काठमाडौं । भारतका ओपनर शुभमन गिलले १ सय २६ रनको उत्कृष्ट ईनिङ खेले पछि टी-ट्वान्टी सिरिज जित्नको लागि पाहुना टोली न्युजिल्याण्डले २ सय ३५ रनको लक्ष्य पाएको छ ।
अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले २० ओभरमा ४ विकेट गुमाएर २ सय ३४ रन बनायो ।
घरेलु टोलीका लागि ओपनर शुभमन गिलले ६३ बलमा अविजित १ सय २६ रनको शतकीय ईनिङ खेले । उनले १२ चौका र ७ छक्का प्रहार गरे ।
राहुल त्रिपाटीले २२ बलमा ४४ रनमा आउट हुँदा कप्तान हार्दिक पाण्ड्याले १७ बलमा ३० रन बनाए । सुर्यकुमार यादवले १३ बलमा २४ रन बनाए ।
पाहुना टोलीका लागि माईकल ब्राकवेल,ईस सोधी,बिएर टिक्नर र ड्यारियल मिचेलले समान १/१ विकेट लिए ।
तीन खेलको टी-ट्वान्टी सिरिजमा भारत र न्युजिल्याण्ड १-१ को बराबरीमा रहेका छन् ।
यो खेल जित्ने टोलीले सिरिज जित्ने छ ।