काठमाडौं । यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई जितका लागि २ सय ३५ रनको लक्ष्य दिएको छ ।
मुलपानी क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ३४ रन बनायो।
गण्डकीका लागि गोविन्द विक र अर्जुन कुमालले अर्धशतक बनाए । विकले ५५ तथा कुमालले ५० रनको गोगदान गरे । दिपक डुम्रेले २७ बलमा ४४ रन बनाए ।
सिब्रिन श्रेष्ठले २६ रन तथा कप्तान सुवास भण्डारी २१ रनमा अविजित रहे ।
कर्णालीले २२ रन अतिरिक्तका रुपमा दिएको थियो ।
कर्णालीका लागि आवास शाहले ३ तथा मोहन विकले २ विकेट लिए । विनित खत्रीले १ विकेट लिए ।
कर्णाली ४ खेलमा १ जित तथा ३ हारका साथ २ अंक सहित अंक तालिकाको पाँचौ स्थानमा रहेको छ ।
४ खेलमा अंक बिहिन गण्डकी आजको खेलमा पहिलो अंक जोड्न चाहान्छ । प्रतियोगिताबाट बाहिरि सकेका यि दुई टोली बिचको खेल प्रतिष्ठाको लडाई मात्र रहेको छ ।
प्रतियोगितामा प्रदेश-१, मधेश प्रदेश,बागमती प्रदेश,गण्डकी प्रदेश,लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले २ लाख नगद प्राप्त गर्दा उपविजेताले १ लाख नगद पाउने छन् ।
यस्तै प्लेयर अफ द सिरिज बन्ने खेलाडीले १५ हजार तथा उत्कृष्ट बलर र ब्याट्सम्यानले १०/१० हजार पाउने छन् ।