काठमाडौं । यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश(१ ले लुम्बिनी प्रदेशलाई जितका लागि ७० रनको लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदानमा भएको खेलमा प्रदेश-१ ले लुम्बिनीलाई ७० रनको लक्ष्य दिएको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश-१ ले २६.२ ओभरमा अलआउट हुदै ६९ रन बनाएको थियो ।
प्रदेश-१ का लागि शुभम गहतराजले २२ तथा स्टाईन रिजालले १९ रन बनाए । प्रदेश-१ का अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
प्रदेश-१ लाई कम स्कोरमा रोक्न लुम्बिनीका निर्मल गुरुङले ४.२ ओभरमा ४ रन दिएर ५ विकेट लिए । दुर्गेश गुप्ताले २ तथा अभिशेक गौतम र तुल बहादुर थापाले समान १/१ विकेट लिए ।
फाईनल पुग्ने सम्भावना कायमै राख्न दुवै टोलीका लागि जित आवश्यक रहेको छ ।
आजको खलमा जित निकालेर लुम्बिनी दोस्रो स्थानको बागमती प्रदेशसँग अंक बराबर गर्न चाहान्छ ।
प्रतियोगितामा प्रदेश-१, मधेश प्रदेश,बागमती प्रदेश,गण्डकी प्रदेश,लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले २ लाख नगद प्राप्त गर्दा उपविजेताले १ लाख नगद पाउने छन् ।
यस्तै प्लेयर अफ द सिरिज बन्ने खेलाडीले १५ हजार तथा उत्कृष्ट बलर र ब्याट्सम्यानले १०/१० हजार पाउने छन् ।