काठमाडौं । घरेलु टोली श्रीलंकाले अफगानिस्तानविरुद्धको एकदिवसीय सिरिज बराबरी गरेको छ ।
बुधबार राती सम्पन्न खेलमा श्रीलंका ४ विकेटले विजयी भएपछि तीन खेलको सिरिज १-१ को बराबरीमा सम्पन्न भएको हो ।
सिरिजको पहिलो खेल भ्रमणकारी टोलीले जितेको थियो । दोस्रो खेल बर्षाका कारण रद्द भएको थियो ।
बुधबार पालिखिलि क्रिकेट मैदानमा भएको खेलमा पाहुना टोलीले दिएको ३ सय १४ रनको लक्ष्य घरेलु टोलीले २ बल बाँकी छदै पुरा गर्यो ।
घरेलु टोलीको जितमा चरिथा असलंका र कुशल मेन्डिसले अर्धशतकीय ईनिङ खेले ।
असलंकाले ७२ बलमा ५ चौका र ४ छक्काको सहयोगमा अविजित ८३ तथा मेन्डिसले ६१ बलमा ६७ रन बनाए । कप्तान दशन शनाकाले ४३ रन जोड्दा पथुम निशंकाले ३५ रन जोडे ।
दिनेश चण्डिमल ३३ रनमा आउट हुँदा दुनिथ वेलालेज ३१ रनमा अविजित रहे ।
पाहुना टोलीका लागि राशिद खानले ४ तथा मोहम्म्द नावीले २ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको भ्रमण्कारी टोलीले ५० ओभरमा ८ विकेट गुमाएर ३ सय १३ रन बनाएको थियो ।
अफगानिस्तानका लागि ईब्राहिम जाड्रानले १ सय ३८ बलमा १ सय ६२ रनको शतकीय ईनिङ खेले ।
जाड्रानले १ सय बलमा आफ्नो शतक पुरा गरेका थिए । नजिबसल्लाह जाड्राने ७६ बलमा ७७ रनको अर्धशतकीय ईनिङ खेले ।
रहमत शाहले २२ रन जोड्दा राशिद खानले १३ रन जोडे । कप्तान मोहम्मद नावी १२ रनमा आउट भए ।
घरेलु टोलीका लागि कसुन रन्जिथाले ३ तथा वानिन्दु हशरंगाले २ विकेट लिए । आसिथा फर्नान्डो र धनन्जया डा शिल्भाको नाममा समान १/१ विकेट रह्यो ।