काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले पहिलो संस्करणको सगरमाथा कप टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा पहिलो जित हात पारेको छ ।
विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा बिहीबार भएको दोस्रो खेलमा पुलिसले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ९ रनले हराएको हो ।
पुलिसले दिएको १ सय १३ रनको लक्ष्य पछ्याएको आर्मीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४ रन मात्र बनायो ।
आर्मीका लागि सचिन शर्माले ४० बलमा ३६ रन जोड्दा भिम सार्कीले १६ रन बनाए । बासिर अहमद १६ रनमा अविजित रहँदा प्रतिश जिशीले ११ रन बनाए ।
आर्मीका ९ ब्याटरले दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।
पुलिसका लागि रशिद खानले ३ तथा रुपेश सिंहले २ विकेट लिए । सुर्य तामाङ,योगेन्द्र सिंह कार्की र दीपेन्द्र रावतले समान १/१ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको पुलिसले २० ओभरमा ८ विकेट गुमाएर १ सय १२ रन बनाएको थियो ।
पुलिसका लागि पवन सरार्फले २५ बलमा ३१ रन तथा अमित श्रेष्ठले ३२ बलमा २६ रन बनाएका थिए । योगेन्द्र सिंह कार्कीले १७ तथा सुनिल धमलाले १२ रन जोडेका थिए ।
आर्मीका लागि अभिनाश कर्ण,सुशन भारी र बिक्रम सोबले समान २/२ तथा बासिर अहमद र प्रतिस जिसीले समान १/१ विकेट लिएका थिए ।
पहिलो जित हात पारेको पुलिस २ अंकका साथ अंक तालिकाको तेस्रो स्थानमा रहेको छ । लगातार दोस्रो हार व्यहोरेको आर्मी चौथो स्थानमा रहेको छ ।