काठमाडौं । घरेलु टोली आयरल्याण्डले अफगानिस्तानविरुद्धको पाँच खेलको टी-ट्वान्टी सिरिज जितेको छ ।
बेलफास्टमा बुधबार राति भएको खेलमा पाहुना टोलीलाई ७ विकेटले पराजित गर्दै आयरल्याण्डले सिरिज ३-२ ले जितेको हो ।
अफगानिस्तानले १५ ओभरको ब्याटिङ सक्दा खेल वर्षाका कारण रोकिएको थियो । केही समयको निरन्तरको वर्षा पछि खेल ७ ओभरमा घटाईएको थियो ।
अफगानिस्तानले दिएको ५६ रनको लक्ष्य घरेलु टोलीले २ बल बाँकी रहँदा ३ विकेट गुमाएर पूरा गर्यो ।
उसका लागि पउल स्टर्लिङले १६ तथा लुर्केन टुर्केर १४ रन बनाए । कप्तान एन्डि बालबर्नीले ९ रन बनाए ।
ह्यारी टेक्टर र जर्जी ड्याकरोलले अविजित रहदै ९ तथा ७ रन बनाए ।
पाहुना टोलीका लागि मुजिब उर रहमानले २ तथा रशिद खानले १ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको भ्रमणकारी टोलीले १५ ओभरमा ५ विकेट गुमाएर ९५ रन बनायो ।
उसका लागि उस्मान घानीले अविजित ४४ तथा अजमतुल्लाह उमरजाई अविजित १५ रन बनाए ।
हर्जतुल्लाह जाजयी र नविबुल्लाह जाड्रानले समान १०/१० रन बनाए ।
आयरल्याण्डका लागि मार्क अडिर ३ तथा जोस लिटिलले २ विकेट लिए ।