काठमाडौं । सन् २०२५ को ईण्डियन प्रिमियर लिग(आईपीएल) र पाकिस्तान सुपर लिग(पीएसएल) एकै समयमा पर्ने भएको छ ।
पीएसएल नियमित रुपमा फेब्रुअरीमा आयोजना हुदै आएको थियो । तर, २०२५ को फेब्रुअरीमा पाकिस्तानमा आईसीसी च्याम्पियन ट्रफी आयोजना हुदैछ ।
आईसीसीले जारी गरेको २०२३ देखि २०२७ सम्मको अन्तराष्ट्रिय खेल तालिकामा फेब्रुअरीमा पाकिस्तानमा च्याम्पियन ट्रफी आयोजना हुने तालिका छ ।
च्याम्पियन ट्रफी लगत्तै आईपीएललाई लामो समय रहेको आईपीएलपछि अन्तराष्ट्रिय क्रिकेटको समय सुरु हुने हुँदा पीएसएल पनि आईपीएल आयोजनाको समयमा नै आयोजना हुनेछ ।
आईपीएल र पीएसएलको मिति पहिलो पटक जुध्ने भएको हो ।