काठमाडौं । नेपाली राष्ट्रिय टोलीका सदस्य सीता राना मगर आईसीसी महिला टी-ट्वान्टी वरीयतामा सुधार भएको छ ।
अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको पछिल्लो वरीयतामा सीताको ब्याटिङ वरीयतामा एक स्थान सुधार भएको हो ।
ब्याटिङ वरीयतामा सीता ६२ औं स्थानमा उक्लिएकी छिन् ।
ब्याटिङतर्फ नै नेपालकी ज्योति पाण्डेले शीर्ष १०० को स्थान गुमाएकी छिन् ।
यस्तै बलिङतर्फ नेपालकी कविता कुँवर १ स्थान तल झर्दै ७८ औं स्थानमा रहेकी छिन् ।
बलिङमा सीता १ स्थान तल झरेर ८७ औं स्थानमा रहदा कप्तान रुबिना क्षेत्री ८८ औं स्थानमा यथावत रहेकी छिन् ।
आईसीसी महिला टी-ट्वान्टी राष्ट्रको वरीयतामा नेपाल १८ औं स्थानमा रहेको छ।