• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
क्रिकेटका नयाँ मुख्य प्रशिक्षकका चुनौती
सागर अधिकारी
सोमबार, साउन २३, २०७९ सागर अधिकारी
क्रिकेटका नयाँ मुख्य प्रशिक्षकका चुनौती

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली हाल मुख्य प्रशिक्षक विहीन  रहेको छ ।

मुख्य प्रशिक्षक पुबुदु दशानायाकेले राजीनामा दिएपछि नेपाली क्रिकेट टोलीले मुख्य प्रशिक्षक पाउन सकेका छैनन् ।

नेपाल क्रिकेट संघ(क्यान) ले नयाँ मुख्य प्रशिक्षक ल्याउने तयारी गरिरहेको छ । क्यानले नेपाली टोलीले चाडै मुख्य प्रशिक्षक पाउने बताउदै आएको छ ।

अन्तराष्ट्रिय क्रिकेट परिषद(आईसीसी) सँगको परामर्शमा यस अघि वैकल्पिकमा रहेकालाई मुख्य प्रशिक्षक नियुक्त गर्न सुझाव दिएपछि क्यानले त्यहिँ अनुसार प्रक्रिया अगाडी बढाएको छ ।

अपुर्व देशाई, मोन्टि देशाई र लालचन्द राजपुत क्यानको पहिलो प्राथमिकतामा रहेका छन् । अपुर्व र मोन्टिले यस अघि ब्याटिङ कन्सल्टेन्टका रुपमा नेपाली टिमसँग काम गरिसकेका छन् ।

नेपालको मुख्य प्रशिक्षक नियुक्त हुने नयाँ प्रशिक्षकलाई सहज हुने छैन । उनको कार्यकाल चुनौती नै चुनौतीले भरिएको हुनेछ ।

नेपाली टोलीका मुख्य प्रशिक्षकले मुख्यत पाँच चुनौतीलाई पार गर्नु पर्नेहुन्छ ।

 १. गुटबन्दी अन्त्य

खेलाडीहरु कोहीको नजिक कोहीको टाढा हुनु सामान्य रहन्छ । नेपाली क्रिकेट टोलीको कमजोर नतिजा आईरहनुको मुख्य कारण धेरैले खेलाडीको गुटबन्दीलाई प्रमुख मान्दै आएका छन् । पूर्व मुख्य प्रशिक्षक पुबुदु दासानायकेले पनि राजीनामा दिएर जादै गर्दा स्वीकारे । गुटबन्दीको सिकार बनेको नेपाली टिमलाई एकताबद्ध गरी बलियो नतिजातर्फ उन्मुख गराउनु नयाँ प्रशिक्षकलाई चुनौती हुनेछ ।

२. कमजोर ब्याटिङको सुधार

अहिले मात्र नभई लामो समयबाट कमजोर रहेको नेपालको ब्याटिङ सुधार्न धेरै प्रयासहरु भए । तर, ती सबै असफल रह्यो । नेपालले कमजोर ब्याटिङकै कारण धेरै खेलमा हार व्यहोरेको छ । अब आउने प्रशिक्षकले नेपालको ब्याटिङलाई सुधार गर्न आवश्यकता छ ।

३. एकदिवसीय मान्यतालाई जोगाउनु

२०१८ देखि २०२३ सम्म नेपालले पाएको एकदिवसीय अन्तराष्ट्रिय मान्यतालाई आगामी  पाँच वर्षसम्म निरन्तरता दिनु नयाँ प्रशिक्षकलाई चुनौती हुनेछ । यसका लागि जारी रहेको विश्वकप लिग टूको शीर्ष  पाँचमा रहनु जरुरत रहेको छ । शीर्ष पाँचमा रहन नेपालले लिग टूका बाँकी रहेका १६ खेलमा कम्तिमा पनि ८,९ खेल जित्न आवश्यक रहेको छ ।   

४. राम्रो नतिजा

अन्य खेलको जस्तै क्रिकेटबाट पनि राम्रो भन्दा राम्रो नतिजाको अपेक्षा सबैले राख्दछन् । तर, पछिल्लो समय नेपाली टोलीले राम्रो नतिजा दिन सकिरहेको छैन ।  नेपाली टोलीले पछिल्लो समय जित भन्दा हार बढी व्यहोरेको छ । नेपालले पछिल्लो समय खेलेको सिरिजको नतिजाले त्यसै भन्छ । नयाँ प्रशिक्षकलाई हारको शृखलालाई तोड्नु चुनौती हुनेछ ।

५. विश्वकपको सपना जीवित राख्नु

नेपालले विश्वकपको ढोका मानिएको विश्वकप लिग टू खेलिरहेको छ । नेपालले अझै १६ खेल खेल्न बाँकी रहेको छ ।  लिग टूको शीर्ष ३ मा रहदै विश्वकपको बाटो खुल्ला राख्नु अबको चुनौती छ । यस्तै २०२४ को टी-ट्वान्टी विश्वकपमा नेपालको स्थान पक्का गर्न पनि नयाँ प्रशिक्षकका लागि चुनौती रहेको छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एनपीएल रोक्न राखेपले चन्दलाई पठाएको पत्रमा के छ?
एनपीएल रोक्न राखेपले चन्दलाई पठाएको पत्रमा के छ?
टप इन्ड टी–२० सिरिज : नेपालको पहिलो खेल नर्दर्न टेरिटोरीसँग
टप इन्ड टी–२० सिरिज : नेपालको पहिलो खेल नर्दर्न टेरिटोरीसँग
नेपाल स्ट्रिट प्रिमियर लिग हुँदै
नेपाल स्ट्रिट प्रिमियर लिग हुँदै
क्रिकेटर अभय यादव सम्मानित
क्रिकेटर अभय यादव सम्मानित
कीर्तिमानी मुल्डर
कीर्तिमानी मुल्डर
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
समीरसहित ३६ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
समीरसहित ३६ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
प्याट्रिकमाथि नेम्वाङको कटाक्ष– यु–२० टोलीको यहीँबाट कप्तान छानेर जानू !
प्याट्रिकमाथि नेम्वाङको कटाक्ष– यु–२० टोलीको यहीँबाट कप्तान छानेर जानू !
तलब टुंगो नभएका प्रशिक्षक वाइल्ड
तलब टुंगो नभएका प्रशिक्षक वाइल्ड
शिभालीले युरोपमा ४ प्रतियोगिता खेल्ने
शिभालीले युरोपमा ४ प्रतियोगिता खेल्ने
मच्छिन्द्रको लगातार दोस्रो जित
मच्छिन्द्रको लगातार दोस्रो जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP