काठमाडौं । घरेलु टोली नेदरल्याण्ड्सविरुद्धको पहिलो टी-ट्वान्टीमा न्युजिल्याण्डले जित निकालेको छ ।
बिहीबार राती भएको खेलमा न्युजिल्याण्डले १६ रनको जित निकालेको हो । जितसँगै पाहुना टोलीले दुई खेलको टी-ट्वान्टी सिरिजमा १-० को अग्रता बनाएको छ ।
भ्रमणकारी टोलीले दिएको १ सय ४९ रनको लक्ष्य पछ्याएको घरेलु टोली ३ बल बाँकी रहदै अलआउट हुँदा १ सय ३२ रन मात्र बनायो ।
यसका लागि बास डि लिडले ६६ रनको अर्धशतकीय इनिङ खेले । कप्तान स्कट इडवार्डले २० तथा रायन किलिनले ११ रन बनाए । अन्य ८ ब्याटरले दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।
न्युजिल्याण्डका बाएर टिकनिरले ४ तथा बेन सियर्सले ३ विकेट लिए ।
कप्तान मिचेल स्टेननर तथा ईस सोधीले समान १/१ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको घरेलु टोलीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४८ रन बनायो ।
उसका लागि मार्टिन गुप्टिलले ४५ तथा जेम्स निसमले ३२ रन बनाए ।
ईस सोधीले १९ तथा ड्रयाल मिचेलले १५ रन बनाए ।
घरेलु टोलीका लागि लोगान भान बिक र शारिज एहमदले समान २/२ विकेट लिए ।
दुई टोलीबीचको दोस्रो टी-ट्वान्टी शुक्रबार हुनेछ ।