काठमाडौं । एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपका लागि मलेसिया गएको नेपाली महिला क्रिकेट टोली भोलि बिहान स्वदेश फर्कने भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टोली भोलि सोमबार बिहान ६ बजे नेपाल आईपुग्ने जनाएको छ ।
नेपाल च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको थियो ।
युएईविरुद्धको पहिलो सेमिफाइनल वर्षाको कारण रद्द हुँदा नेपाल बाहिरिएको हो ।
समूह चरणमा समूह विजेता बनेको कारण युएई फाइनल पुगेको हो । युएईले मलेसियालाई हराएर उपाधि जितेको थियो ।
सेमिफाइनलबाट बाहिरिएपछि नेपाल एसिया कप क्रिकेटमा छनोट हुन असफल भएको थियो ।
फाइनल पुग्ने दुई टोली महिला टी-ट्वान्टी एसिया कप क्रिकेटमा छनोट भएका छन् ।