काठमाडौं । मदन भण्डारी मेमोरियल यू-१८ इमर्जिङ स्टार क्रिकेट प्रतियोगिता भैरहवामा सुरु भएको छ ।
सिद्धार्थ रंगशालामा आइतबारबाट सुरु भएको प्रतियोगितामा लुम्बिनी प्रदेशका ४ समूह सहभागी छन् ।
प्रतियोगिताका लागि रुपन्देही र दाङमा ट्यान्लेन्ट हन्ट आयोजना गरी ४ समूह छनोट गरिएको हो । ट्यालेन्ट हन्टबाट छनोट गरीएका ५६ खेलाडीलाई ४ समूहमा विभाजन गरिएको छ ।
लिगका आधारमा खेलाइएको खेलमा आइतबार मदन भण्डारी स्पोटर्स क्लब रेड पहिलो र मदन भण्डारी स्पोटर्स एल्लो दोस्रो भएका छन् ।
प्रतियोगिताको मदन भण्डारी स्पोटर्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले उद्घाटन गरे ।
प्रतियोगिता संयोजक तथा मदन भण्डारी स्पोटर्स एकेडेमीका क्रिकेट विभाग प्रमुख शक्ति गौचनले नया खेलाडीहरुलाई व्यवसायिक बनाउन उमेर समूह अनुसारका प्रतियोगिता आयोजना गरिएको जानकारी दिए ।