काठमाडौं । घरेलु टोली दक्षिण अफ्रीकाले पहिलो एकदिवसीय क्रिकेटमा भारतलाई हराएको छ ।
पर्लमा बुधबार राति दक्षिण अफ्रीकाले भारतलाई ३१ रनले हराएको हो ।
यस जितसँगै तीन खेलको सिरिजमा दक्षिण अफ्रीकाले १-० को अग्रता बनाएको छ । दोस्रो खेल शुक्रबार हुनेछ ।
दक्षिण अफ्रीकाले दिएको २ सय ९७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको भारतले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ६५ रन मात्र बनाउन सक्यो ।
भारतका लागि शिखर धवनले ७९ रनको अर्धशतकीय इनिङ्स खेल्दा विराट कोहलीले ५१ रनको अर्धशतकीय इनिङ्स खेले ।
शार्दुल ठाकुरले अविजित ५० रन जोड्दा जस्प्रित बुम्राह १४ रनमा अविजित रहे ।
कप्तान केएल राहुलले १२ तथा श्रेयस आयरले १७ रन बनाए ।
दक्षिण अफ्रीकाका लुंगी एनजिडी, ताब्रेज शाम्सी र एडिलेले २/२ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रीकाले ५० ओभरमा ४ विकेट गुमाएर २ सय ९६ रन बनाएको थियो ।
दक्षिण अफ्रीकाका लागि रस्सी भान डेर डुसेनले अविजित रहदै १ सय २९ रनको शतकीय इनिङ्स खेले ।
कप्तान टेम्बा बाभुमाले १ सय १० रनको शतकीय इनिङ्स खेले ।
क्विन्टन डी कक २७ रनमा आउट हुँदा जान्नेमन मालन ६ र एडिन मार्क्रम ४ रनमा आउट भए ।
भारतका जस्प्रित बुम्राहले २ तथा रविचन्द्र आश्विनले १ विकेट लिए ।