काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द होबार्ट हरिकेन्सले बिग बास लिग (बीबीएल) टी-ट्वान्टी क्रिकेटमा हार व्यहोरेको छ ।
बुधबार भएको खेलमा होबार्ट मेलबर्न स्टार्ससँग १ सय ६ रनले पराजित भएको हो ।
मेलबर्नले दिएको २ सय ७४ रनको लक्ष्य पछ्याएको होबार्टले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रन मात्र बनाउन सक्यो ।
होबार्टका लागि बेन म्याकडोरमेटले ५५ रनको अर्धशतकीय इनिङ्स खेले ।
डी'आर्ची सर्टले अविजित ४१ रन जोड्दा पिटर ह्यान्ड्सकम्बले २८ रन बनाए ।
मेलबर्नका ब्रोडी कोउचले ३ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको मेलबर्नले २० ओभरमा २ विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो ।
मेलबर्नका लागि कप्तान ग्लेन म्याक्सवेलले अविजित रहदै १ सय ५४ रनको शतकीय इनिङ्स खेले ।
यस्तै मार्कुस स्टोनिसले अविजित ७५ रनको अर्धशतकीय इनिङ्स खेल्दा जोइ क्लार्कले ३५ रन बनाए ।
होबार्टका जोश खान र जोर्डन थम्पसनले १/१ विकेट लिए ।
सन्दीप विकेट विहीन भए । उनले ४ ओभर बलिङ गर्दै ५२ रन खर्चिए ।