काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले 'आईसीसी टी-ट्वान्टी टिम अफ दि इयर' सार्वजनिक गरेको छ ।
आईसीसीले बुधबार पाकिस्तानका बाबर आजमको कप्तानीमा टिम अफ दि इयर सार्वजनिक गरेको हो ।
आईसीसीले सार्वजनिक गरेको टिममा अष्ट्रेलियाका जोश हाजलउड, मिचेल मार्श, दक्षिण अफ्रीकाका एडिन मार्क्रम, ताब्रेज साम्सी, डेभिड मिल्लर, इंग्ल्यान्डका जोश बट्लर र पाकिस्तानका मोहमद रिजवान परेका छन्।
यस्तै टिममा श्रीलंकाका वानिन्दु हसरंगा, बंगलादेशका मुस्ताफिजुर रहमान र पाकिस्तानका शाहिन अफ्रिदी टिममा अटाएका छन् ।