काठमाडौं । अष्ट्रेलियन क्रिकेटर्स एसोसिएसनका सिईओ टोड ग्रिनवर्गले छनोट भएका अष्ट्रेलियाका कुनै पनि खेलाडीले पाकिस्तान भ्रमण गर्न अस्विकार नगर्ने विश्वास व्यक्त गरेका छन् ।
अष्ट्रेलियाले मार्च देखि अप्रिलसम्म पाकिस्तानको भ्रमणमा रहनेछ ।
सो क्रममा अष्ट्रेलियाले पाकिस्तानविरुद्ध तीन खेलको टेस्ट, तीन खेलको एकदिवसिय र एक खेलको टी–ट्वान्टी खेल्ने छ ।
पहिलो टेस्ट कराँचीस्थित नेशनल स्टेडियममा मार्च ३ तारिखबाट सुरु हुनेछ ।
अष्ट्रेलियाले सन् १९९८ पछि पहिलो पटक पाकिस्तानको भ्रमण गर्न लागेको छ ।
यस अघि सुरक्षाको कारण देखाउदै गत वर्ष न्यूजिल्यान्ड र इंग्ल्यान्डले पाकिस्तान भ्रमण रद्द गरेको थियो ।
तर ग्रिनवर्गले अष्ट्रेलियाका सबै खेलाडीले पाकिस्तानको भ्रमण गर्ने विश्वास व्यक्त गरे ।
ग्रिनवर्गका अनुसार तीन खेलको टेस्ट सिरिज भएको पाकिस्तानको भ्रमण निकै महत्वपूर्ण रहेको छ ।
उनका अनुसार खेलाडीहरुले उत्कृष्ट टिमसँग आफ्नो क्षमता परिक्षण गर्न खोज्नुका साथै फरक वातावरणमा खेल्न चाहेका छन् ।