काठमाडौं । पाहुना टोली पाकिस्तानले बंगलादेशविरुद्धको पहिलो टेस्ट क्रिकेटमा जित दर्ता गरेको छ ।
दुई खेलको सिरिजको पहिलो खेल पाकिस्तानले ८ विकेटले जितेको हो ।
चटोग्राममा जितका लागि चाहिएको २ सय २ रनको लक्ष्य पाकिस्तानले २ विकेट गुमाएर पुरा गर्यो ।
पाकिस्तानलाई जित दिलाउन दोस्रो इनिङ्समा अविड अलीले सर्वाधिक ९१ रनको योगदान गरे । अब्दुल्लाह सफिकले ७३ रन जोडे ।
बंगलादेशका मेहदी हसन मिराज र तैजुल इस्लामले एक–एक विकेटले हात पारे ।
यस अघि पहिले ब्याटिङ गरेको बंगलादेशले पहिलो इनिङ्समा ३ सय ३० रन जोडेको थियो ।
बंगलादेशका लागि लिटोन दासले १ सय १४ तथा मुसफिकर रहिमले ९१ रनको योगदान गरेका थिए ।
पाकिस्तानका हसन अलीले सर्वाधिक ५ विकेट हात पारे ।
पहिलो इनिङ्सको जवाफमा पाकिस्तानले २ सय ८६ रन जोडेको थियो ।
पाकिस्तानका लागि अविड अलीले १ सय ३३ रनको योगदान गरेका थिए ।
बंगलादेशका तैजुल इस्लामले ७ विकेट हात पारेका थिए ।
दोस्रो इनिङ्समा भने बंगलादेश सस्तैमा समेटिएको थियो । उसले केवल १ सय ५७ रन मात्र जोड्न सक्यो ।
लिटन दासले सर्वाधिक ५९ रनको योगदान गरे ।
पाकिस्तानका साहिन शाह अप्रिदीले सर्वाधिक ५ विकेट हात पारे ।